You are viewing the translated version of मिसिल अवलोकनका लागि निवेदन दिने.

Section 65
मिसिल अवलोकनका लागि निवेदन दिने
(१) सम्बन्धित अधिकारीको आदेश बमोजिम मात्र अदालतमा रहेका मिसिल कागजात अवलोकन गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम अवलोकन गर्न चाहने सरोकारवालाले अवलोकन गर्न चाहेको मनासिब कारण खुलाई पचास रूपैयाँ दस्तुर संलग्न गरी अनुसूची-२० बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ।
(३) यस नियम बमोजिम मिसिल अवलोकन गर्दा अवलोकनकर्ताले आफ्नो साथमा कलम, मसी, मोबाइल, क्यामरा आदि राख्नु हुँदैन। मिसिल वा कागजपत्रमा केरमेट गर्न वा चिन्ह लगाउन, च्यात्न वा अरु कुनै किसिमबाट नोक्सान पार्नु हुँदैन।
(४) मिसिलको अवलोकन सम्बन्धित कर्मचारीको रोहवरमा सुरक्षित तवरले गर्नु पर्नेछ।